नेप्से परिसूचक २७.९२ अंकले गिरावट «

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ ।
यस दिन कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य दिनको भन्दा आइतबार कारोबार रकम समेत गिरावट आएको हो ।
नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बिमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि आइतबार अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ८.१० प्रतिशतले बढेको छ । त्यस्तै, कालिका पावरको २.८८ प्रतिशत, सामलिङ पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको सेयरमूल्य २.०१ प्रतिशतले बढेको छ । तर, यता गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशले घटेको छ । आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्