‘युवालाई सबैभन्दा बढी अवसर एमालेले दिएको छ’ «

‘युवालाई सबैभन्दा बढी अवसर एमालेले दिएको छ’

eQmk’/, @) ;fpg -/f;;_ M g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL Pdfn] pkTosf ljz]if k|b]z sld6Ln] cfh dWok’/lyldsf] af]8]df cfof]hgf u/]sf] /fhgLlts sfo{zfnfdf af]Nb} . tl:j/ M /d]z lu/L, /f;;

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताए ।
उनले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिष्पर्धातिर जानुपर्ने बताए । अध्यक्ष ओलीले जातको पहिचान खोज्ने नभई सबै नेपालीले नोपली पहिचान खोज्न आवश्यक रहेको बताए । उनले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको बताए ।
आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको दाबी गरे । उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताए । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको उनले बताए । उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पत्ति दान गरेको बताए । अध्यक्ष ओलीले आफ्नो समर्पण सक्रिया किसिमको रहेको बताए । उनले देशको विकासका लागि काम गर्दा बिरोधीहरुले काम गर्न नदिएको भन्दै देश विकास र समृद्ध बनाउने अभियानमा अघि बढिरहने प्रतिवद्धता जनाए । उनले कुनै पनि युवाभन्दा आफू सक्रियतामा कम नरहेको दाबी गरे ।
अध्यक्ष ओलीले राजनीतिक दलले युवालाई महत्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गरे । उनले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिए । अध्यक्ष ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताए । देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको उनले तर्क गरे । उनले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्