एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना «

एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना

एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कम्पनी तथा संघ संस्थालाई लक्षित गरी उत्कृष्ट फाइदा सहितको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना सार्वजनिक गरेको जनाएको छ ।
एनआईसी एसियाले हाल अन्य बैंकमा रहेका भुक्तानी सम्बन्धी खातामध्ये पनि अझ उत्कृष्ट फाइदासहितको अतुलनीय एवं विशिष्ट प्रकारको तलब बचत खाता ल्याएको दावी गरेको छ । उत्कृष्ट फाइदासहितको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ मा ३ प्रकारको सर्वश्रेष्ठ बिमा फाइदा, ३ प्रकारका सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदा तथा विभिन्न १८ अन्य सर्वश्रेष्ठ फाइदा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले प्रस्ताव गरेको सर्वश्रेष्ठ तलब बचत खाता तीन भिन्न प्रकारको श्रेणीमा उपलब्ध गराएको छ । विभिन्न प्रकारका कम्पनी तथा संस्थाको आ–आफ्नो विशिष्ट आवश्यकता परिपूर्ति गर्नका लागि डिजाइन गरिएको बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्