माछापुच्छरे बैंकद्वारा नेपाल पे क्यूआर कोड हस्तान्तरण «

माछापुच्छरे बैंकद्वारा नेपाल पे क्यूआर कोड हस्तान्तरण

माछापुच्छरे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवद्र्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ ।
नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायब महाप्रबन्धक प्रसिद्धराज अर्याललगायत पनि उपस्थित थिउ । नेपाल पेको क्यूआर सेवा सुरु भएसँगै ग्राहकले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम–स्मार्टमार्फत भुक्तानी गर्न सक्नेछन् ।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ

प्रतिक्रिया दिनुहोस्