इमर्जिङ नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापिटल वर्कसप’ «

इमर्जिङ नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापिटल वर्कसप’

इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो ७औं वार्षिक उत्वसवको अवसरमा एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो ।
उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाइड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानी गरेको छ ।
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पुर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा विभिन्न विकासका पूर्वाधारमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तर्ता दिने, व्यवसायीलाई कन्सल्टीङ्ग सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था, क्यापिटल मार्केट र प्राइभेट फर्महरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्