Logo

बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले बताएको छ । मौसमविद्हरुले भारी वर्षासँगै ती प्रदेशका खोलानदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
आइतबार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेश तथा प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माहाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्