अन्तर्राष्ट्रिय युवा दिवसमा वक्तृत्वकता ३ जान विद्यार्थी पुरस्कृत

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकता प्रतियोगितामा ३ जान विद्यार्थी पुरस्कृत भएका छन् । अन्तरकलेज वक्तृत्वकला प्रतियोगिताका प्रथम विजेता कृपा करुणा पोखरेल(कान्तिपुर इन्टरनेसनल कलेज विराटनगर), दोस्रो विजेता सन्दीप थापा (काठमाडौं विश्वविद्यालय स्कुल अफ ल काठमाडौं), तेस्रो विजेता सुज्ञानी विश्वकर्मा (जया मल्टिपल कलेज काठमाडौं) र सानत्वना पुरस्कार सौगात बाग्ले (नेश्नल कलेज काठमाडौं) र बिनिता मौलीसतर (महेन्द्र बहुमुखी क्याम्पस घरान) बाट भएका छन् । प्रतियोगिताको विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्का १५ हजार, १० हजार, ५ हजार र सानत्वना विजेतालाई २ हजार प्रदान गरिएको थियो ।
विजेता विधार्थीहरूले प्रतिनिधित्व गरेको कलेजहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । फाइनल चरणमा सहभागि सबै लाई सहभागी प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका महासचिव रामचन्द्र गैरेले युवा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिया गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
नेत्रहीन युवा संघ नेपालद्वारा अन्तरकलेज वक्तृत्वकला प्रतियोगिताको फाइनल चरणमा सहभागी भएका प्रतियोगीहरूलाई सहभागित गराइएको थियो । कार्यक्रम दुवै चरणमा सम्पन्न भएको भएको र पहिलो चरणको अडसिनमा ९३ जाना देशभरका विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरूको सहभागतिा भएको संस्थाका अध्यक्ष कलाधर भण्डारीको बताए । सहभागीहरूले ३ मिनेटको भिडिया आवेदन बुझाएका थिए जसबाट १५ जना उकृष्ट सहभागीहरू छनोट गरी अन्तिम चरणमा सहभागिता गराइएको थियो ।
प्रतियोगिताको निर्णयक मण्डलमा रमेश प्रसाईं, बबिता बस्नेत, धीरेन्द्र प्रेमर्सी रहेका थिए । अन्तिम चरणका विधार्थीहरूले दिएका ३ विषयहरू राजनीतिमा युवा, समावेशी राजनीति र अपांगता, मेरो भोट मेरो भबिष्य विषयमा आफ्नो प्रस्तुति दिएको ५ मिनेट समयमा प्रस्तुत गरेका थिए । काठमाडौं उपत्यकादेखि बाहिरका जिल्लाका ५ जना सहभागीहरूलाई जुम अनलाइनमार्फत सहभागी गराइएको थियो ।