Logo

निर्मात्री हुँदा व्यवस्थापन गर्नै गाह्रो

अहिलेकी चर्चित नायिका केकी अधिकारीले हालै चलचित्र निर्माणमा पनि हात हालेकी छन् । उनले निर्माण गरेको पहिलो चलचित्र कोहलपुर एक्सपे्रस रिलिज हुने तरखरमा छ । सीओडब्लू बोलको गीत फिल्म रिलजअगावै निकै चर्चामा आइसकेको छ । बाँकेको कोहलपुरमा घटेको घटनालाई हास्य शैलीमा तयार पार्न लागिएको यस चलचित्र वैशाख १४ मा रिलिज हुने भएको छ ।
कोहलपुर एक्सप्रेस कस्तो कथा वस्तुमा आधारित छ ?
यो एउटा कमेडीमा आधारित चलचित्र हो । कुनै पनि कथामा आफूले भोगेको वा देखेको घटना समेटिएकोे हुन्छ र यस चलचित्रमा पनि यस्तै घटना समेटिएको छ ।

तपाइँले चलचित्र निर्माणमा पनि हात हाल्नुभयो । नायिका हुनु र निर्मात्री हुनुमा के भिन्नता पाउनु भयो ?
निर्मात्री भएर काम गर्न एकदम गाह्रो हुने रहेछ । नायिक हुँदा अरुले व्यवस्थापन गरेको ठाउँमा काम गरे पुग्छ तर यसमा त वित्तीय रुपमा व्यवस्थापन गर्नुमात्र नभई मानव स्रोतसाधनको व्यवस्थापन गर्नु एकदम चुनौती हुने रहेछ । अरुमा त भावुकपना हुँदैन र त्यसलाई व्यवस्थापन गर्न सकिन्छ तर मानवताको भावनालाई समानतामा राखेर सिकाउनु भनेको नै एउटा चुनौती हो । मैलै यो निमात्रीमा पहिलोपटक कदम चालेकी हुँ । मलाई पनि महशुस थिएन कि यो यति धेरै गाह्रो हुन्छ भनेर । तर, म यसलाई निरन्तर रुपमा अगाडि बढाएर अहिलेको अनुभवका आधारमा अर्कोपटक सजिलो बनाउनेछु ।

चलचित्रको नाम कोहलपुर एक्सप्रेस राख्नुको कारण के हो ?
यो कथाअनुसारको नाम हो । किनकी यो कोहलपुरमा भएको एउटा घटनामा आधारित भएकाले पनि यो चलचित्रको नाम कोहलपुर एक्सप्रेस राखिएको हो ।

यस चलचित्रमा कलाकार कतिजना राख्नुभएको छ र तपाइले प्रियंका कार्की र रिमा विश्वकर्मालाई साथी भनेर राख्नु भएको हो कि कथाले नै माग गरेको हो ?
विशेषगरी १२-१३ जनाको कलाकारबाट यो कोहलपूर एक्सप्रेस चलचित्र बन्दै छ । प्रियंका र रिमा मेरा साथी त हुन् तर साथीभन्दा पनि कथामा सुट गरेरै राखेको हो ।

यो चलचित्रको छायांकन कहाँकहाँ हुदैछ ?
चलचित्रको नामअनुसार यसको छायांकन नेपालगञ्ज र कोहलपुर क्षेत्रमा नै भइरहेको छ ।

दर्शकले किन यो चलचित्र हेर्नु पर्छ ?

कोहलपुर एक्सप्रेस हास्यव्यंग्य चलचित्र भएकाले खासगरी मनोरञ्जनकै लागि हेर्ने हो । यसको कथा सवै वर्गका लागि समेटिएको हुँदा एकपटक सवैले हेर्नुपर्ने र कोहलपुरको घटनालाई पनि मुख्य विषयवस्तु बनाइएको हुनाले यो चलचित्र हेर्नु पर्दछ ।

चलचित्र आइटम डान्सले गर्दा अहिलेदेखि नै चर्चामा छ । गीतलाई चलचित्र चलाउने मसला बनाउनुभएको हो कि विषयवस्तुले गर्दा चल्नुपर्छ ?

पछिल्लो समय चलचित्र क्षेत्रमा आइटम डान्सले गर्दा र ट्रेलर र हास्यव्यंग्यमा आधारित चलचित्रमा दर्शकको भिड लागिरहेको छ । यो ट्रेन्डलाई नै निरन्तरता दिइएको हो । त्यसैले यो चलचित्र पनि त्यही धारमा आउन लागेको छ । तर कथा एवं विषयवस्तु पनि मूल्यांकन गरिने हुँदा यसलाई पनि महत्व दिइनु जरुरी देखिन्छ ।

प्रसंग बदलौं, तपाइँलाई मन पर्ने कलाकार कोको हुन् ?

मलाई मूलतः हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ एकदमै मन पर्नुहुन्छ र गौरी मल्लको अभिनय पनि मन पर्छ ।

प्रस्तुतीः रिना खत्री-यशोदा सुनुवार (प्रशिक्षार्थी)

 

प्रतिक्रिया दिनुहोस्