चिनियाँ कम्युनिस्ट पार्टीको ‘नयाँ युग’ को प्रतिबद्धता

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं नेसनल कांग्रेसको उद्घाटनमा सी जिनपिङले नयाँ युगमा चिनियाँ समाजले भोग्नुपरेको विरोधाभासको सिद्धान्तलाई पुनःपरिभाषित गरे । त्यस क्रममा उनले असन्तुलित र अपर्याप्त विकास तथा उत्कृष्ट जीवनका लागि बढ्दो आवश्यकताबीचको विरोधाभासलाई स्पष्ट पारे । उत्कृष्ट जीवन कम्युनिस्ट पार्टीको नयाँ गन्तव्य नै बनेको छ ।
अघिल्लो सोचभन्दा यो विस्तारित र विकसितसमेत छ । उत्कृष्ट जीवन भौतिक र सांस्कृतिक उत्पादनमा मात्रै आधारित छैन । यसले त जनताको उचित निर्णयलाई समेत समावेश गर्छ । विविध सामाजिक समूह र तहका मानिसहरूले उत्कृष्ट जीवनलाई विविध किसिमले बुझेका छन् । मानिसहरूमा उत्कृष्ट जीवनका लागि बढ्दो उत्कट चाहनालाई पार्टीले साहसिक निर्णय लिएको छ ।
सीको रिपोर्टले २०५० सम्ममा ठूलो आधुनिक समाजवादी देशका रूपमा चीनलाई उभ्याउने कुरा उल्लेख गरेको छ । यसले समृद्ध, सुदृढ, लोकतान्त्रिक, सांस्कृतिक रूपमा सम्पन्न, मेलमिलापयुक्त र सुन्दर देश बनाउने आशय बोकेको छ । यसले वातावरणीय र पर्यावरणीय संरचनालाई सम्झाउँछ । वातावरणीय सुशासन र प्रदूषण निवारण अहिले चिनियाँ जनाताको माग बनेको छ । राम्रो जीवनको निर्माणका लागि चीनलाई आधुनिकीकरण प्रक्रियाले जनताको अपेक्षालाई समावेश गर्छ । यो वास्तवमै चुनौतीपूर्ण छ, तर पनि यो सही मिसन हो । सत्तासीन दलको काम र पूरै देशको आवश्यकता वास्तवमा जनतामा केन्द्रित छ । चीनको समाजवादी प्रणालीको आधारभूत प्रयोजन नै देशको विकास हो ।
चिनियाँ चरित्रको समाजवाद पर्याप्त र परिपक्व छ । देशको लक्ष्यबाट सबै समाज लाभान्वित हुन्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको एक शताब्दी पुगेको छ । स्थापनादेखि नै पार्टी चीन गणतन्त्रको स्थापना गरी समाजवादी निर्माणमा समर्पित छ । समाजवादको निर्माणमा चीनले असंख्य उपलब्धि हासिल गरेको छ र राजनीतिक उतारचढावबाट धेरै अनुभव र पाठ पनि सिकेको छ ।
सुधार र खुलापन सुरु भएदेखि नै पार्टीले तत्कालीन सामाजिक विरोधाभासको सिद्धान्तलाई सही ढंगले परिभाषित गरेको थियो र जताको भौतिक र सांस्कृतिक आवश्यकता पूरा गर्ने सामथ्र्य निर्माण गर्न व्यापक उत्पादनको नीति लियो । प्रतिव्यक्ति आम्दानी केही सय भएको अवस्थाबाट सुरु भएर अहिले ८ हजार डलरभन्दा बढी प्रतिव्यक्ति आय पुगेको छ । देश अहिले मध्यम आय भएको देशको तहमा पुगिसकेको छ । देशले प्रगति गर्दै जाँदा जनताका नयाँ चाहना देखिएका छन् । १९ औं कांग्रेसले यही कुुरालाई सम्बोधन गरेको छ ।
अझ राम्रो जीवन बनाउनका लागि हामीले देशलाई ठूलो आधुनिक समाजवादी राष्ट्र बनाउनु आवश्यक छ । यसका लागि जनताको समर्थन र पहिचान आवश्यक छ । यो अल्पकालीन आकर्षक नारामात्रै हैन, संक्षिप्त र उच्च स्तरको निर्माण हो जुन मानव इतिहासमा अहिलेसम्म देखिएको छैन । जनता, देश र इतिहासले यसको परीक्षण गर्नेछ ।
सुधार र खुलापन सुरु भएयता पार्टीको व्यापक रणनीतिक योजना सही ढंगले पुस्तापुस्ताहरूमा कार्यान्वयन भइआएको छ । समृद्ध समाजको निर्माण गर्ने उद्देश्य पूरा गर्ने अभियान तीन दशकदेखि चलिरहेको छ । ठूलो आधुनिक समाजवादी देशका रूपमा सबै चिनियाँ जनता आगामी दशकहरूमा निर्देशित रहनेछन् र समाजवादी चीनको नयाँ काव्य रचना गर्नेछन् । धेरैजसो देशमा जनताको सेवा भनेको खोक्रा प्रतिबद्धता मात्रै हुने गरेको छ, तर चीनमा भने राजनीतिको केन्द्र जनता मात्र हुने गरेका छन् । सबै नीतिको पूर्ण दृष्टि जनतामाथि नै पर्नु उनीहरूको आवश्यकता हो । यही समाजवाद हो । नयाँ युगमा जनताको उत्कष्ट जीवन निर्माण गर्नु नै पार्टीको प्रतिबद्धता हो । — ग्लोबल टाइम्स