हस्तकला प्रर्वद्धन तथा उद्यमशीलता विकासमा जोड «

हस्तकला प्रर्वद्धन तथा उद्यमशीलता विकासमा जोड

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले हस्तकला प्रवद्र्धन र उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।
उनले लघु, घरेलु तथा साना उद्योगको रुपमा रहेका हस्तकला उद्योगले रोजगारी सिर्जना र आय आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राज्यले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताए । उनले हस्तकला क्षेत्रको समष्टिगत विकासको लागि प्रदेश सरकारले महासंघबाट सञ्चालन गरिने प्रवद्र्धनमुखी कार्यक्रममा सहकार्य गर्ने बताए ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योग व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान, देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले रोजगारी सिर्जना, बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना सम्बन्धी ऐनको मस्यौदा र हस्तकला विकास नीतिको मस्यौदा तयार गरी प्रदेश सरकारलाई बुझाइसकेको बताए । उनले सार्वजनिक निजी साझेदारीमा स्थापना हुन लागेको सार्क हस्तकला विकास केन्द्र चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्