सानिमा बैंकले बिना धितो १० लाख ऋण दिने «

सानिमा बैंकले बिना धितो १० लाख ऋण दिने

सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सानिमा बैंकले विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितोसहित शैक्षिक प्रमाणपत्र धितो जमानीमा प्रतिव्यक्ति सात लाखसम्म ऋण प्रवाह गर्ने छ ।
त्यसैगरी धितो जमानीमा प्रतिव्यक्ति २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्किएका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत प्रतिव्यक्ति १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघुवित्त उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्