रिचेत जलविद्युतको सेयर प्रबन्धकमा एनआईबिएल एस क्यापिटल «

रिचेत जलविद्युतको सेयर प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

रिचेत जलविद्युत कम्पनीको सार्वजनिक निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।
कम्पनी ऐन, २०६३ अन्तर्गत २०७० सालमामा स्थापना भएको रिचेत जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि एक लाख १२ हजार २२३ कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
उक्त सम्झौतापत्रमा जलविद्युत कम्पनीका अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्