एनएमबि बैंकले आईएफसीबाट भित्र्यायो साढे २ करोड डलर «

एनएमबि बैंकले आईएफसीबाट भित्र्यायो साढे २ करोड डलर

एनएमबि बैंकले विश्व बैंक समहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ ।
एनएमबि बैंकका प्रमख कार्यकारी अधिकत सनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान भएको हो ।
यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ । एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैक भएको छ ।
यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्