नाडा ईभी एक्स्पो ६ असोजदेखि «

नाडा ईभी एक्स्पो ६ असोजदेखि

नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ । पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो ।
नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो ।
उक्त ईभी एक्स्पो आगामी ६ देखि ९ असोजसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ । सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध १४ भदौसम्मको लागि विस्तार गरेपछि नाडाले ईभी एक्स्पो २०२२ गर्ने निर्णय गरेको हो ।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । यसका लागि १ देखि ५ भदौसम्म स्टल बुकिङका लागि सूचनासमेत प्रकाशित गरिने नाडाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्