आइएमई जनरल इन्स्योरेन्सको सहयोग «

आइएमई जनरल इन्स्योरेन्सको सहयोग

आइएमई जनरल इन्स्योरेन्सले ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पताललाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
नेपाल क्यान्सर अस्पताल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको नि:शुल्क रुपमा उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्