दुबईमा नेपाल एयरलाइन्सको नयाँ कार्यालय «

दुबईमा नेपाल एयरलाइन्सको नयाँ कार्यालय

नेपाल एयरलाइन्सले दुबईमा नयाँ कार्यालय उद्घाटन गरेको छ । देरा दुबईको सलाउदिन एरियामा रहेको नयाँ कार्यालय जनवरी २६ शुक्रबार यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्य र वाणिज्य विभागका निर्देशक जनकराज कलाखेती विशेष अतिथिमा उद्घाटन भएको हो ।
नेपाल एयरलाइन्सको नयाँ कार्यालय समुद्घाटन कार्यक्रममा प्रमुख आतिथि फुयालले अन्य देशमा रहेका शाखाभन्दा यो शाख उत्कृष्ट बन्न सकोस भन्दै शुभकामना दिए भने नेपाल वायुसेवा निगम, वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेतीले एयरलाइन्सले नेपाली वायुसेवाको क्षेत्रमा सकारात्मक सुधार गर्दै प्रगतिको पथमा लम्किरहेको जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा नेपाली दूतावास परिवार, सम्पूर्ण नेपाली संघ–संस्थाका पदाधिकारीहरु, ब्यबसायीहरु, पत्रकारका साथै उल्लेख्य मात्रामा प्रवासी उपस्थिति रहेको थियो । नेपाल एयरलाइन्सले दुबईमा सन् २०१६ अगस्ट १८ देखि सेवा पुनः सुरु गरेको हो ।
आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा ४ वटा उडान भरिरहेको नेपाल एयरलाइन्सले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको नेपाल एयरलाइन्सका यूएई प्रमुख रमेश पौडेलले जानकारी दिएका छन् ।
उनले नेपाल एयरलाइन्सले सस्तो दर, ५ सय ९० मा एकतर्फी र ११४५ दिराममा दुईतर्फी टिकटका साथमा गुणस्तरीय सेवा दिएको दाबीसमेत गरे ।
उनका अनुसार हरेक टिकटमा ४० किलो लगेजका साथमा ७ किलो छुट्टै हातमा सामान लान सकिने र यात्रामा खानाका जुस, चिया, कफीको व्यवस्थासमेत भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्