‘प्रधानमन्त्रीलाई मनलाग्दैमा राष्ट्रिय गौरवको आयोजनामा राखौं भन्न हुँदैन’ «

‘प्रधानमन्त्रीलाई मनलाग्दैमा राष्ट्रिय गौरवको आयोजनामा राखौं भन्न हुँदैन’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए । उनले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताए । अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै काम समयमै सक्नुपर्ने बताए । उनले सरकारले योजना गर्दा व्यावहारिक गर्न नसकेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय गौरव भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताको मन परेको योजनालाई बनाउने कुरा हुनु नहुने बताए ।
अध्यक्ष तिमिल्सिनाले समयमै योजनाको काम सकिएको छ वा छैन भन्ने बारेमा समितिले निगरानी बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्