दिक्तेल बजारका सडक बत्ती जीर्ण «

दिक्तेल बजारका सडक बत्ती जीर्ण

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले सञ्चालनमा ल्याएको सौर्य सडक बत्ती अहिले जीर्ण भई सञ्चालनमा आएका छैनन् । नगरपालिकाद्वारा एक करोड १४ लाख ७८ हजारमा खरिद गरिएका सडक बत्ती मर्मत सम्भार नहुँदा धेरै जसो सञ्चालनमा नआएका हुन् । सञ्चालनमा भएका पनि केही समय बलेपछि आफै बन्द हुने गरेका छन् ।
खोटाङ–दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलमा जडान गरिएका अधिकांश सडक बत्ती मर्मत संभार अभावका कारण जीर्ण बन्दै गएका छन् । अधिकांश सडक बत्ती जडान गरिएको ६ महिनादेखि बन्द हुने गरेको स्थानीयबासीको भनाइ छ । सडक बत्तीले व्यापारिक कारोबारमा समेत टेवा पुगेको थियो ।
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले १० जेठ २०७६ मा सडक बत्ती सञ्चालन कार्य आदेश दिई एक सय ५० थान सडक बत्ती सञ्चालनमा ल्याएको थियो । एक करोड १४ लाख ७८ हजारमा खरिद गरेको थियो । विशेषगरी सदरमुकाम बजारका सडक बत्ती सञ्चालनमा नआएका हुन् । १ सय ५० थान सडक बत्तीमध्ये अहिले ४१ वटा सञ्चालनमा नआएको जानकारी प्राप्त भएको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्