‘मुख्यमन्त्रीका कारण प्रदेशको नाम राख्न सकिएन’ «

‘मुख्यमन्त्रीका कारण प्रदेशको नाम राख्न सकिएन’

प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले वर्तमान मुख्यमन्त्री राजेन्द्र राईका कारण प्रदेशको नामकरण गर्न नसकिएको बताएका छन् ।
प्रेस चौतारी नेपाल धनकुटाले बुधबार धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री राईले वर्तमान मुख्यमन्त्रीले सार्वभौम प्रदेशसभाको क्षेत्राधिकारलाई कुण्ठित गर्दै कसैले दुई तिहाई पुर्‍याएर आए पनि आफूले भनेअनुसार नभए प्रदेशसभा बन्द गर्ने, प्रदेशसभा भंग गर्नेजस्ता अभिव्यतिmका कारण प्रदेशको नाम राख्न नसकिएको बताए । साथै उनले आफू मुख्यमन्त्री भएको बेला नाम राख्न प्रयास गरे पनि तत्कालिन अवस्थामा पार्टीभित्र र बाहिर रहेका अन्य दलले सहयोग नगरेका कारण आफूले प्रदेशको नामकरण गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्