प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच सम्झौता «

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रालिकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालि तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले लोकहित डेन्टल हस्पिटल प्रालिद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
यद्यपि बिल रकम ५०० रुपैयाँ भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराइन्छ ।
सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिकामा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्