‘सुपर डान्सर नेपाल’ रियालिटी शोको इन्टरनेट पार्टनरमा डिशहोम «

‘सुपर डान्सर नेपाल’ रियालिटी शोको इन्टरनेट पार्टनरमा डिशहोम

आगामी सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ को पावर्डबाई प्रायोजन डिशहोम फाइवरनेटले गरेको छ । सँगसँगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइवरनेट नै रहेको छ ।
‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रोडक्ट हो । ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभी रियालिटी शो हो ।
४ देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।
काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्जलगायतमा फिजिकल अडिसन सम्पन्न भइसकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।
कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्यांगना कविता नेपाली रहने छन् । हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टिभी एचडीमा २६ साउनदेखि राति ९ बजेदेखि प्रसारणमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्