बैंक अफ काठमाण्डू र फोकसवानबीच सम्झौता «

बैंक अफ काठमाण्डू र फोकसवानबीच सम्झौता

बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्सबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतासँगै बैंकका कार्ड बाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् ।
बैंकका कार्ड बाहकहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकटको भुक्तानीलगायतका सेवाको उपभोग मिल्नेछ ।
साथै, बैंकका कार्डबाहकहरुले मोकोमार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टमा भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । यससँगै बैंकका कार्डबाहकले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहकले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्