खेलकुदमन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन «

खेलकुदमन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गरे ।
अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पूरा गर्न आवश्यक बजेट विनियोजन गरीने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिएका थिए । आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिए ।
आठौंं राष्ट्रिय प्रतियोगिताअन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता संचालन गरिएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरु निर्माण गरीएपनि प्याराफिट लगायतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्