अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड «

अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड

?????????????? ?????? ????? ?????? ???????? ?????? ????? ?????? ?????? ????????? ?? ????? ??????? ?? ??????? ??? ????? ????????????? ???? ????? ??? ? ??????? ???? ???????÷????

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे । सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामूदायिक वनमार्फत् विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे ।
सामुदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए । उनले भने, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्‍यो । र, त्यसको सदूपयोग पनि हुनुपर्‍यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनु पर्दछ । हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदिकुरा देखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ । तिनीहरुका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ । सामूदायिक वनमार्फत् राज्यलाई पुर्‍याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिंगो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्वपूर्ण छ ।’
अध्यक्ष ओलीले नेपाल वन र वनस्पतिहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेको अघि बढदा सिंगो मानवजातिकै हित हुने धारणा पनि राखे । उनले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भए पनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दिगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।

प्रतिक्रिया दिनुहोस्