Logo

एक वर्षमा करिब १८ करोड राजस्व संकलन

करदाता सेवा कार्यालय खोटाङले एक वर्षमा १७ करोड ८८ लाख भन्दा बढी कर संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले १७ करोड ८८ लाख ४८ हजार पाँच रुपैयाँ २५ पैसा कर संकलन भएको छ । आयकर मूल्य अभिवृद्धि कर र अन्तशुल्क गरी तीन शीर्षकमा राजस्व संकलन भएको कर सेवा कार्यालय प्रमुख भिमसेन दाहाल बताए । गत आर्थिक वर्षमा कार्यालयले १६ करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि सो भन्दा बढी राजस्व संकलन भएको दाहाले बताए ।
करदाता सेवा कार्यालय खोटाङमा एक वर्षमा २ हजार १ सय ८ नयाँ करदाता थपिएका छन् । व्यक्तिगत पानमा १ हजार ३ सय ३२, मूल्य अभिवृद्धि करमा २९, आय करमा ६ सय ७८ सरकारी निकाय तथा सार्वजनिक संघ संस्था ४७ र अन्य शुल्कतर्फ २२ नयाँ करदाता थपिएका हुन् ।
आन्तरिक राजस्व कार्यालय लहान मातहत २०७६ वैशाखमा सदरमुकाम दिक्तेलमा स्थापना भई सञ्चालनमा आएको करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिवृद्धि कर दर्ता अन्तशुल्क इजाजत तथा नवीकरण कर संकलन करदाताको वितरण संशोधनका कार्य प्रवाह हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्