‘सीएनआई रोजगार तथा सीप मेला’ १७ कात्तिकमा «

‘सीएनआई रोजगार तथा सीप मेला’ १७ कात्तिकमा

नेपाल उद्योग परिसंघले १७ देखि २० कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ ।
परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी आगामी कात्तिकको दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला–२०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुने परिसंघले बताएको छ ।
परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहत छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुतीसमेत हुने बताए । उनले मेलमा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्र्पक तथा छलफल गर्न सकिने बताए ।
अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमूलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजार भन्द बढी व्यक्तिहरुले अवलोकन गर्ने अपेक्षा रहेको बताए ।
परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ । सरकार तथा अन्य सरोकारवालालाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशत्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान हुने विश्वास लिएको जनाएको छ । नेपालमा हरेक वर्ष ५ लाख व्यक्ति रोजगारीको खोजीमा हुने गरेको परिसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्