कर्मचारीको बनावट त्रुटीपूर्ण छ : त्रिपाठी «

कर्मचारीको बनावट त्रुटीपूर्ण छ : त्रिपाठी

प्रतिनिधिसभाका सांसद हृदयेश त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटीपूर्ण रहेको बताएका हुन् । उनले नयाँ निजामति कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दाबी गरे । सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा रहेको बताए । उनले निजीमति ऐन नबनेसम्म यस्तो दुविधा रहिरने जिकिर गर्नुभयो । त्रिपाठीले प्रदेश सचिव प्रशासकीय अधिकृत खटाउने व्यवस्था हचुवा भएको बताए । उनले शासन प्रसाशनको महत्वपूर्ण ऐन, निजामति कर्मचारी ऐन कहाँ अल्झिएको हो भन्ने कुरा अहिलेसम्म खोजी हुन नसकेको बताए । निजामति कर्मचारी ऐन जारी नभएकाले सुशासन भन्दा पनि शासन गर्न समेत अफठ्यारो भएको उनले बताए ।
सांसद त्रिपाठीले सरकारले गरेको कर्मचारीहरुको तलबमान वृद्धिमा दुविधा देखिएको बताए । उनले राजपत्र अनाधाकृति कर्मचारीहरु १५ प्रतिशत राजपत्राङ्कित कर्मचारीहरुलाई २४ देखि २६ प्रतिशत तलव वृद्धि हुने देखिएको बताए । त्रिपाठीले तलब वृद्धिमा दुविधा रहेकोले नायव सुब्बाहरु आन्दोलनमा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्