‘महाभियोग यही संसद्बाट टुंगो लाग्छ’ «

‘महाभियोग यही संसद्बाट टुंगो लाग्छ’

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसद्बाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलबार संसद्बाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसद्ले प्रधानन्यायाधीशबिरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् ।
सोही अनुसार नै महाभियोग अघि बढाइएको उनले स्पष्ट पारे । उनले समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए । उनले तीन महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै महाभियोग अघि बढाइएको बताए । सांसद पुनले आगामी प्रदेश र संघीय सदस्यको निर्वाचनमा २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार माने र पनि सिट बाँडफाँट हुने बताए । उनले पार्टीहरुका गम्भीरता र संवेदनशीलतालाई हेरेर र गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्न लागेको पनि बताए । सांसद पुनले अहिलेको संसदमा कुनै न कुनै रुपले प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी दिने वा सम्बन्धित पार्टीले त्यो क्षेत्रमा दाबी गर्नेकुरा स्वभाविक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्