दिक्तेल बजारका सिसि क्यामेरा प्रयोगविहीन «

दिक्तेल बजारका सिसि क्यामेरा प्रयोगविहीन

दिक्तेल–रुपाकोट–मझवागढी नगरपालिमा लाखौं खर्च गरेर जडान गरिएका सिसि क्यामेरा अहिले प्रयोगविहीन भएका छन्
जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको दिक्तेल बजारको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन नगरपालिकाले विभिन्न आठ स्थानमा १६ वटा सिसि क्यामेरा जडान गरेको थियो । करिब १० लाख रुपैयाँ खर्चेर जडान गरिएका सिसि क्यामेरा जीर्ण अवस्थामा पुगेका छन् । नगरपालिकाले दिक्तेलको रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, भानुचोक, हाटडाँडा र अस्पताल चोकको विभिन्न ठाउँमा जडान गरेको सिसि क्यामेरा अहिले प्रयोगविहीन बनेको हुन् । कतिपय सिसि क्यामेरा चोरी पनि भएका छन् ।
चौबिसै घण्टा चालू रहने सिसि क्यामेराबाट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले दिक्तेल बजार क्षेत्रको समग्र गतिविधिको निगरानी गर्ने दिक्तेल बजारमा कुनै पनि सिसि क्यामेरा सञ्चालनमा छैनन् । २०७५ मंसिरदेखि हाइटेक सोलुसन प्रालि काठमाडौंले जडान गरेको सिसि क्यामेरा अहिले जीर्ण अवस्थामा पुगेको हो । जडान गरिएको दुई महिनादेखि नै सञ्चालनमा नरहेको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्