केयू र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता «

केयू र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताएका छन् ।
काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीका लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताए । उनले सरकारले नेपालको प्रकृति, संस्कृति र एडभान्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गरी विश्वका पर्यटकलाई आकर्षित गर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका ब्राण्डिङलाई रिब्राण्डिङ गर्ने बताए । उनले यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकका संख्यामा वृद्धि हुने अपेक्षा गरेको बताए । मन्त्री श्रेष्ठले नेपालमा अत्याधिक रुपमा पर्यटकको संख्या वृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।
काठमाडौं विश्व विद्यालयका उपकुलपति डा.भोला थापाले नेपालले स्वीस,अष्ट्रियन हस्पिटालिटी भन्दा पनि नेपाली हस्पिटालिटी खोजेको बताए । उनले नेपालले पूर्वीय आथित्यतालाई विश्वमा पुर्‍याउन सक्नुपर्ने आवश्यकता रहेको बताए । डा.थापाले सरकार सानासाना कार्यक्रममा अल्झेर बस्नुभन्दा पनि ठूला अनुसन्धानका कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।
उनले नेपालले विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्ने बताए । नेपालले दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने परम्पराको अन्त्य गर्नुपर्ने बताए्र । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्ने काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता भएको छ । उनले नेपालले पूर्वीय आथित्यतालाई विश्वामा पुर्‍याउन सक्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्