प्रभु लाइफको बिजनेस कन्फरेन्स पोखरामा «

प्रभु लाइफको बिजनेस कन्फरेन्स पोखरामा

प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता एवं शाखा उपशाखा कार्यालयका कर्मचारीलाई सम्मानित गरेको हो । बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले गरेका थिए ।
कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
पहिलो चरण, बिजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले र सीईओ क्लबमा पर्न सफल अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान तथा विभिन्न पुरस्कारहरु प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाइफका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले आगामी यात्राको लक्ष्य निर्धारण गर्नेछ भनी शुभकामना व्यक्त गरे । उनले दृढ संकल्प र मिहिनेतले नै यो उचाइमा पुग्न सफल भएका हौँ भने आगामी दिनमा यो उचाइको वृद्धिदरलाई कायम राख्ने दृढ विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्