Logo

बालबालिकालाई शिक्षा दिन प्रभु क्यापिटलको जनचेतनामूलक भिडिओ

प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा जनचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ ।
विभिन्न जिल्लामा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कम्पनीले प्रभु लिटल च्याम्पियन्स योजना सुरु गरेको छ ।
यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडिओ सावर्जनिक गरेको जनाएको छ । यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पीएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
प्रभु क्यापिटलको यो लिटिल च्याम्प पीएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि सुरु गरेको हो । जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात् क्यापिटलले एक पिएमएसवापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्नेछ । क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल भर रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सकिनेछ ।
यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्