नेपाल एसबिआई बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता «

नेपाल एसबिआई बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता

नेपाल एसबिआई बैंकले गेटवे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ ।
उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम तथा गेटवे पेमेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । बैकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास लिएको बैंकले जनाएको छ ।
बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटीएमबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्