डिजिटल अर्थतन्त्र प्रवद्र्धनमा माछापुच्छरे बैंक «

डिजिटल अर्थतन्त्र प्रवद्र्धनमा माछापुच्छरे बैंक

माछापुच्छरे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छे« बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टाछुट्टै दिनमा क्यूआर कोड हस्तान्तरण गरेको थियो ।
पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी तथा माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा माछापुच्छे« बैंकका संस्थापक सञ्चालक स्व. सूर्यबहादुर केसीकी श्रीमती प्रेमकुमारी केसी तथा बैंकका सञ्चालक बन्दना कार्कीको पनि उपस्थिति थियो ।
साथै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा क्यूआर सेवाको शुभारम्भ गरेका छन् ।
यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्यूआर कोड सेवा नि:शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्