आइएमई जनरल इन्स्योरेन्सको सीईओमा बादे पुन: नियुक्त «

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा बादे पुन: नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको सञ्चालक समितिको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ पुन: नियुक्त भएका छन् ।
कम्पनीको ७ असारमा बसेको बैठकको निर्णय बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठलाई दोश्रो कार्यकालको लागि पुन: नियुक्त गरिएको हो । श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् ।
बिमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आइएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।
सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुन: नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा कम्पनीलाई उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्