ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता «

ग्लोबल आइएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीले माया मेट्रो अस्पतालका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातसँग यस्ता सम्झौताहरु गरी समय सापेक्षता अनुरुप ग्राहकलाई लाभान्वित गर्दै आएको बैंकले जनाएको छ ।
मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको बैंकले २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्