इसेवा मनी ट्रान्सफरको विजेता घोषणा «

इसेवा मनी ट्रान्सफरको विजेता घोषणा

इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको रेमिटोत्सव योजनाको विजेता घोषणा गरेको छ ।
विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजनाको विजेता गोरखाका कमर बनेका हुन् । कम्पनीले १ वैशाखदेखि ४ साउनसम्म उक्त योजना ल्याएको थियो । योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।
यस अफरमा १४ हप्तासम्म संसारका दुई सयभन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स कारोबार गर्नेमध्ये हरेक दिन १ जनालाई र योजना अवधिभर कुल ९८ जनालाई प्रत्येक दिन उपहारस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ ।
त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार रुपैयाँ व्यवस्था गरिएको थियो। यसकै विजेता कमल बनेका हुन् । कम्पनीका अनुसार उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरे । इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भए पनि व्यापार प्रवर्द्धनात्मक तथा सेवाग्राही मैत्री डिजिटल रेमिट्यान्समा आइफोन जित्ने अवसरसहितको अफर ल्याएको छ ।
विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमूलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले सय रुपैयाँ बोनस पाउने कम्पनीको भनाइ छ । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरी सेवाग्राहीले २ सय रुपैयाँको बोनससमेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्