अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखराको प्रस्याङमा

नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीका सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश’ प्रस्याङ, पोखरामा सञ्चालनमा ल्याएको छ ।
पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ।
पोखरा अटो वर्कशको उद्घाटन अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड युगल सिंह र गण्डकी प्रदेश प्रबन्धक सन्तोष सुवेदीले संयुक्त रुपमा गरे ।
अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सवडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन सम्पन्न गर्ने लक्ष्य पनि लिएको जनाएको छ ।