दाङमा नौ हजार मतदाता थपिए «

दाङमा नौ हजार मतदाता थपिए

जिल्लामा करिब डेढ महिनाको अवधिमा नौ हजार बढी मतदाता थपिएका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार गत १ असारदेखि यही १९ साउनसम्म संकलन गरेको फोटोसहितको नामावली संकलन अभियानअन्तर्गत जिल्लामा नौ हजार २ सय २२ जना नयाँ मतदाता थपिएका हुन् । जसमा चार हजार ७ सय ४९ पुरुष र चार हजार ४ सय ७३ महिला मतदाता थपिएका छन् । कार्यालयका अनुसार थपिएका मतदातामध्ये आठ हजार ९ सय ८५ मतदाता जिल्लाभित्रका छन भने २ सय ३७ जना जिल्लाबाहिरका मतदाता रहेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको समयमा जिल्लामा चार लाख नौ हजार ९ सय २ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्