सर्वाधिक उचाइको गल्फ कोर्समा प्रतियोगिता हुने «

सर्वाधिक उचाइको गल्फ कोर्समा प्रतियोगिता हुने

विश्वको सबैभन्दा उचाइमा रहेको गल्फ कोर्स लोमान्थाङमा भदौ दोस्रो साता टप अफ दि वल्र्ड गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा ४ हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्समा भदौ ११ गते प्रतियोगिता आयोजना हुन लागेको हो । उच्च स्थानको गल्फ कोर्स भए पनि पहिचान पाउन भने बाँकी छ । लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा टप अफ दि वल्र्ड गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा काठमाडौं र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता तीन बाई चार स्टेवल फोर्ड फम्र्याटमा कुल ९ होलमा खेलाइनेछ । विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्स भारतको सिक्किममा रहेको छ । लोमान्थाङमा प्रतियोगिता आयोजना भएको अवस्थामा नेपालको कोर्सले नयाँ पहिचान पाउनेछ । पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताबाट गल्फ कोर्सको गुणस्तर पहिचान गर्ने र आवश्यकता अनुसार परिमार्जन गर्दै लगिने आयोजक लोमान्थाङ क्लवले बताएको छ । गल्फ कोर्स गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएको हो । सांसद विकास कोषको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा कोर्सको निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्