गाडीको खरिद बिक्रीसँगै डिटेलिङ एण्ड पोलिसिङ सेवा एकै थलोमा «

गाडीको खरिद बिक्रीसँगै डिटेलिङ एण्ड पोलिसिङ सेवा एकै थलोमा

अनलाइन प्लेटफर्ममार्फत रिकन्डिसन गाडीको खरिद बिक्री गर्दै आएको क्यास अन ह्विलले एकै थलोबाट डिटेलिङ एण्ड पोलिसिङ सेवा सुरु गरेको छ ।
अटोमोवाइलमा छोटो समयमा सफलता प्राप्त गरेको कम्पनी ‘क्यास अन ह्विल’ र ‘रोयल डिटेलिङ एण्ड पोलिसिङ’ ले सेवा विस्तार गरेको छ । स्वामी आन्नद अरुणले सुकेधारमा रहेको सो विस्तारित सेवाको शुभारम्भ गरेका छन् । क्यास अन ह्वील सवारीसाधनको खरिदबिक्री गर्ने प्लेटफर्मको रुपमा १ वर्षअघि कारोबार सञ्चालन गरेको कम्पनीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ । यसको सहयोगी कम्पनी रोयल डिटेलिङ एण्ड पोलिसिंगले विशेष प्रविधिद्वारा गाडीलाई चम्काउने र गाडीको रंगलाई विशेष सुरक्षा प्रदान गर्ने कार्य गर्दछ ।
‘क्यास अन ह्विल‘ ‘ह्यासल फ्रि, ट्रान्सपरेसी र पिस अफ माइन्ड’ भन्ने नारा बोकेर अघि बढेको यो कम्पनीले अहिले ग्राहकले भोग्नुपरेका यही तीन प्रकारका समस्या समाधान गर्ने रणनीति लिएको संस्थापक तथा कार्यकारी निर्देशकमोहन भण्डारीले बताए ।
३० लाखभन्दा बढीको गाडीमा ५० हजार रुपैयाँ र त्योभन्दा कम मूल्यको गाडीमा २५ हजार सर्भिस शुल्क लिने गरेको कम्पनीको भनाइ छ । ग्राहकले पाएको मूल्य, तिरेको कमिसन, सरकारी राजस्व, मर्मतलगायत सबै खर्चहरु पारदर्शी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्