एनएमबि क्यापिटल पनि एनपीएसमा आबद्ध «

एनएमबि क्यापिटल पनि एनपीएसमा आबद्ध

एनएमबि क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।
सो व्यवस्था सुचारु गर्नेबारे दुई संस्थाबीच औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात एनएमबि क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीचअन्तर्गतको विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछ । सो अन्तर्गत एनएमबि क्यापिटलले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीमार्फत विभिन्न भुक्तानी तथा सम्बन्धीत कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सक्ने बताइएको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५९ सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थालगायतका ७३ गैरबैंकिङ संस्था अप्रत्यक्ष प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्