नमस्ते पेले सुरु गर्‍यो ‘लोयल्टी पोइन्ट्स’ «

नमस्ते पेले सुरु गर्‍यो ‘लोयल्टी पोइन्ट्स’

भुक्तानी सेवा प्रदायक नमस्ते पेले आफ्नो एपमा लोयल्टी कार्यक्रम सुरु गरेको छ ।
कम्पनीले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकम हेरेर क्वाइन प्रदान गर्ने सेवा सुरु गरेको हो । यसअनुसार सय रुपैयाँ खर्च गर्दा २ एनपी क्वाइन/पोइन्ट पाइनेछ । आठ एनपी पोइन्ट्स वा क्वाइनको मूल्य एक रुपैयाँ हुनेछ । सेवा प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले एनपी पोइन्ट्स संकलन गर्न सक्ने र नमस्ते पेमा उपलब्ध लोयल्टी पोइन्ट्समा आकर्षक प्रस्तावहरु समावेश गरिएको कम्पनीले जनाएको छ ।
एनपी क्वाइन प्रयोग गरी विभिन्न भ्वाइस डेटा प्याक, टप रिडिम गर्न सकिने कम्पनीले जनाएको छ । विभिनन कुपन/अनलाइन शपिङ भौचर जित्ने मौका, विशेष अवसरमा प्रयोगकर्ताले एनपी पोइन्टलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रुपमा रुपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरु, होटलहरु, ट्रिपहरु र थप डिजाइन गरिएका अभियानमा समेत प्रयोगकर्ताले एनपी पोइन्ट्स रिडिम गर्ने मौका पाउने कम्पनीले जनाएको छ ।
नमस्ते पे नगदरहित समाज सिर्जनामा भूमिका खेल्ने उद्देश्यले स्थापना गरिएको डिजिटल भुक्तानी सेवा हो ।

प्रतिक्रिया दिनुहोस्