चन्द्रागिरि नगरपालिकाको कर भुक्तानी आइएमई पेबाट «

चन्द्रागिरि नगरपालिकाको कर भुक्तानी आइएमई पेबाट

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।
नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरेको हो ।
योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।
नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारी यो सेवाको प्रवद्र्घन गर्न लागिपर्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्