माछापुच्छे बैंकको सहयोग «

माछापुच्छे बैंकको सहयोग

माछापुच्छे बैंकले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिलाई २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
सुकेधारास्थित नवटोल सुधार समिति नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रका लागि ती कुर्सी हस्तान्तरण गरिएको हो ।
नवटोल सुधार समितिले आयोजना गरेको कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो । माछापुच्छे बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ ।
त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्