वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

सरकारले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहुलियत ऋण दिने तयारी सुरु गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्की आपूmसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ युवालाई ऋण दिने तयारी गरेको हो । १९ हजार युवाले सहुलियत ऋणका लागि आवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ सूचीकरण भएका हुन् । सरकारको चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवाहरूलाई उद्यम व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने व्यवस्था रहेको अनुसार सो संख्यामा युवालाई सूचीकरण गरेको हो ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीप, ज्ञान र व्यावसायिक दक्षता उपभोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अर्थ मन्त्रालयबाट तर्जुमा भई कार्यान्वयनमा ल्याइसकिएको छ । वैदेशिक रोजगारीबाट फर्केर आपूmसँग भएको सीप तथा पुँजीका साथै सरकारले गरेको व्यवस्थाअनुसार सहुलियतपूर्ण कर्जाको समेत उपयोग गरी स्वरोजगार बन्न चाहने युवाहरूको पहिचान गरी भविष्यमा बोर्ड सचिवालयद्वारा आयोजना गरिने पुनःएकीकरण कार्यक्रहरूमा समेत क्रमशः सहभागी गराउँदै लैजाने उद्देश्यले सूचीकरणका लागि आह्वान गरिएको थियो ।
गत पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ को मापदण्डलाई आधार बनाएर सूचीकरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । “यसरी सूचीकरण भएका युवाहरूको विवरण सहुलियत कर्जाका लागि सिफारिस गरी अर्थ मन्त्रालयमार्पmत नेपाल राष्ट्र बैंकमा पेस गरिसकेको छ,” कार्यकारी निर्देशक श्रेष्ठले कारोबारसँग भने, “सूचीकरण गरिएका व्यक्तिको विवरण प्रकाशित गरी ऋण प्रक्रिया अघि बढाउन अनुरोधसमेत गरिसकिएको छ ।” श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम, पेसा, व्यवसाय क्षेत्रमा काम गरी स्वदेश फर्किएका तर कुनै पनि देशको स्थायी बसोबास स्वीकृत प्राप्त युवालाई यस्तो कर्जा प्रदान गरिने छैन । वैदेशिक रोजगारीबाट फर्किएर ३ वर्ष पूरा नभएको हुनुपर्ने छ ।
हाललाई सहुलियत ऋणका लागि ‘क’ वर्गका सबै वाणिज्य बैकसँग छलफलसमेत गरेको बोर्डले जनाएको छ । यसमध्ये राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्रभु बैंक, एनएमबी बैंकले ऋण दिनेबारे सूचना नै जारी गरिसकेका छन । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ मा भएका केही प्रावधान मिलाए सबै बैंकले ऋण दिने भएका छन् ।
नेपाली जनशक्तिको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा नै उपयोग गरी आर्थिक समृद्धिको बाटो तय गर्ने सरकारको नीतिअनुरुप वैदेशिक रोजगारीबाट फर्की स्वरोजगार बन्न चाहने युवाहरूमध्ये परियोजना प्रस्तावका आधारमा उपयुक्त देखिएकाहरूलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकबाट समेत सूचना जारी गरेकोे छ । सोही सूचनाका आधारमा कर्जा प्रवाहको व्यवस्था मिलाउन वाणिज्य बैंक तथा वित्तीय संस्थालाई अनुरोधसमेत गरिएको छ । सहुलियत ऋणका लागि सूचीकरण भएका सबै युवाहरूलाई आपूmलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट व्यावसायिक योजनासहित कर्जाका लागि सम्पर्क गर्न अनुरोध गरिएको छ । सहुलियत कर्ता प्रदान गर्ने प्रक्रियामा सम्बद्ध बैंक तथा वित्तीय संस्थाबाट माग भएका बोर्ड सचिवालयले सूचीकरणको विवरण वा सिफारिस उपलब्ध गराउनेछ ।
यसरी सिफारिसमा परेका युवाले कृषितर्फ उत्पादन, भण्डारण, प्रशोधन र बिक्री वितरणका क्षेत्रका लागि ऋण पाउन सक्नेछन् । यसैगरी पशुपालन, सिँचाइ उपकरण, कृषि औजार, वन विकास तथा चरण विकासका क्षेत्रमा समेत ऋण लिन सक्ने छन् ।