सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २५.७१ रूपैयाँ «

सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २५.७१ रूपैयाँ

१७औं वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना सेयरधनीलाई २५.७१ प्रतिसेयर आम्दानी दिन सफल भएको जनाएको छ ।
१२ अर्ब ५२ करोडको चुक्ता पुँजी र २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पुर्‍याउँदै आएको दावी गरेको छ । बैंकले आव २०७८/०७९ मा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पुर्‍याएको जनाएको छ ।
ग्राहकको बैंकप्रतिको बढ्दो विश्वास र निरन्तर सहयोग र सद्भावकै कारण वित्तीय प्रणालीमा देखा परेको असहज परिस्थितिका बावजुद बैंकले आव २०७८/०७९ सम्ममा १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८६ अर्बको कर्जा प्रवाह गर्न सफल भएको जनाएको छ ।
त्यस्तै आव २०७८र०७९ मा २ लाख ५० हजार भन्दा बढी नयाँ ग्राहक बंैकिङ सेवामा आबद्ध गरी कुल १४ लाखभन्दा बढी ग्राहकलाई बंैकिङ सेवा प्रदान गरिरहेको छ । यसैगरी बैंकले आफ्नो ग्राहकमध्ये ६ लाख ५० हजार भन्दा बढी ग्राहकलाई मोबाइल बंैकिङ सेवा, ५ लाख ४५ हजार भन्दा बढी ग्राहकलाई डेबिट कार्ड सेवा र ३० हजार भन्दा बढी ग्राहकलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्