भारतीय स्टेट बैंक फच्र्युन ग्लोबल ५००को सूचीमा २३६औं स्थानमा «

भारतीय स्टेट बैंक फच्र्युन ग्लोबल ५००को सूचीमा २३६औं स्थानमा

भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंक लिमिटेडको प्यारेन्ट बैंक, फच्र्युन ग्लोबल ५०० शीर्ष कम्पनीहरुको सूचीमा १७ स्थान माथी चढ्दै २३६औं स्थानमा आएको छ । भारतीय स्टेट बैंक, भारतको सबैभन्दा ठूलो बैंक, घरेलु बजारको एक चौथाई हिस्साको साथ २२००० भन्दा बढी स्वदेशी शाखाहरुको विशाल नेटवर्कमार्फत ४५ करोडभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्नुका साथै ३० प्रमुख देशहरुमा २२७ विदेशी कार्यालयका साथ विश्वव्यापी उपस्थिती रहेको कम्पनीको दाबी छ ।
भारतीय स्टेट बैंकको सब्सिडायरी नेपाल एसबिआई बैंक लिमिटेडले नेपालमा आफनो संचालनको गौरवशाली २९ वर्ष पूरा गरेको छ । नेपाल एसबिआई बैंक लिमिटेडले नेपालका ५१ जिल्लामा ९१ शाखा, २१ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १३० एटिएमबाट सेवा प्रदान गर्दै आएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्