एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’ «

एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’

एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुन: सञ्चालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभलगायत विभिन्न डिजिटल सेवामा नि:शुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।
ग्राहकले करसहित मात्र ९७ मा २३ साउनबाट यो सिम लिन सक्ने बताइएको छ । यो सिममा ग्राहकले २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।
यसका साथै युवाका लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा नि:शुल्क चलाउन सक्नेछन् । यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिनसम्म माइफाइभ सेवा पनि नि:शुल्क सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरी ती पाँच माइफाइभ नम्बरमा प्रतिमिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।
ग्राहकले सीम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र ५० वा सोभन्दा बढि रिचार्ज गरेमा नि:शुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुन: सुचारु हुनेछ । नि:शुल्क इन्स्टाग्राम र माइफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहने छ । यसै प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्यूजिक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म नि:शुल्क मजा लिन सक्नेछन्

प्रतिक्रिया दिनुहोस्