इमर्जिङ नेपालको निमित्त सीईओमा बेल्वासे «

इमर्जिङ नेपालको निमित्त सीईओमा बेल्वासे

इमर्जिङ नेपालले निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णय अनुसार बेल्बासेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैंकिङ लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।
मर्चेण्ट एण्ड बैंकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्